स्ववियु लक्षित नेविसंघमा शेखर–गगन पक्षको समानान्तर गतिविधि सुरु

 Global Television      शुक्रबार, माघ २०, २०७९      0

माघ २०– नेपाली कांग्रेसमा नेता शेखर–गगन पक्षधरले नेपाल विद्यार्थी संघमा समानान्तर गतिविधि अघि बढाएको छ ।

संस्थापनबाट अध्यक्षमा मनोनित भएका दुजाङ शेर्पाले गरेका निर्णयको विरुद्धमा शेखर–गगन पक्षधरले छुट्टै गतिविधि गर्न सुरु गरेको छ । नेविसंघ आवद्ध उक्त पक्षधरको शुक्रबार बसेको बैठकले स्वतन्त्र विद्यार्थी यूनियनको चुनावलाई केन्द्रित राखेर निर्णय गरेको छ । उक्त समूहका १३ जना विद्यार्थी नेतालाई विभिन्न समितिको संयोजक तोकिएको छ ।

भेलाले घोषणापत्र तयारी समितिको संयोजकमा धर्मराज शाहीलाई चयन गरेको छ । स्ववियु परिचालनको संयोजकमा सुवास पौडेल, स्ववियु प्रचार प्रसार समितिको संयोजक भुवन भट्ट चयन भएका छन् ।

साथै, स्ववियु समन्वय समिति संयोजकमा विक्रम आदित्य सिंह, स्ववियु जिल्ला समन्वय समिति संयोजकमा राजकुमार बस्नेत, सुझाव संकलन समिति संयोजकमा शुसान्त आचार्य, उपत्यका क्याम्पस ईकाइ समन्वय समिति संयोजकमा नवीन केडी, युवा विद्यार्थी परिचालन समिति संयोजकमा जयराम वडाल चयन भएका छन् ।

त्यसैगरी, नेविसंघ सम्पर्क समिति परिचालन संयोजकमा तिर्थ मिश्र, स्ववियु निर्वाचन प्रशिक्षण संयोजकमा तारा वहादुर थापा, अन्तर प्रदेश समन्वय समितिको संयोजकमा तपेन खड्काले जिम्मेवारी पाएका छन् ।

शेखर– गगन पक्षका विद्यार्थीहरुको भेलाले अन्तर विश्वविद्यालय समन्वय समिति संयोजक मुना कंडेल, प्राविधिक विद्यार्थी समन्वय समिति संयोजकमा सुजन सापकोटालाई चयन गरेको छ । भेलाले संयोजकलाई आवश्यकता अनुसार समिति विस्तार गर्न अधिकार दिएको छ ।

स्ववियु निर्वाचन तयारीका लागि यस अघि अध्यक्ष शेर्पाले दुई समितिको संयोजक तोकेका छन् । संघका अध्यक्ष शेर्पाले घोषणापत्र तयारी समिति संयोजकमा पुजन गन्धर्व र प्रचार प्रसार समितिको संयोजकमा डा. सन्तोष उपाध्यायलाई मनोनित गरेका थिए । त्रिभुवन विश्वविद्यालयले चैत ५ का लागि स्ववियु निर्वाचनको मिति तोकेको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *