सिक्किमका नेपालीभाषीहरु अब नेपाल फर्केलान ?(भिडियोसहित)

सिक्किमका नेपालीभाषीमाथि फेरी विभेद, सिक्किममा चर्कियो आन्दोलन

 ग्लोबल टिभि      शुक्रबार, माघ २०, २०७९      0

सिक्किम –भारतको सिक्किमा यतिबेला आन्दोलन चर्किरहेको छ । भारतीय सर्वोच्च अदालतले सिक्किमका नेपाली भाषी जनतालाई आप्रवासी विदेशीको हैसियत दिँदै फैसला सुनाएपछि त्यसकै विरोधमा शुरु भएको आन्दोलन चर्किएको हो ।

कुनै बेला अलग्गै देश रहेको सिक्किम भारतमा बिलय भएको चार दशक भइसक्यो । तर भारतीय सर्वोच्च अदालतले भने यतिबेला त्यहाँका नेपालीभाषीलाई आप्रवासी विदेशीको हैसियत दिँदै फैसला गरेको छ । त्यसको विरोधमा अहिले सिक्किमभरी विरोध प्रदर्शन भइरहेको छ । भारतीय सर्वोच्च अदालतले पछिल्लो एक फैसलामा सिक्किममा रहेका नेपाली भाषी नागरिकलाई आप्रवासी र विदेशी करार गरेको भन्दै सिक्किमका नागरिक आक्रोशित भएका हुन् । गान्तोक लगायत मुख्य बजारहरुमा प्रदर्शन चर्केको छ ।

सिक्किम स्टुडेन्ट्स एशोसियसन दिल्लीलगायत संस्थाले सर्वोच्चको फैसलाविरुद्ध वक्तव्य जारी गर्दै यही रबैया कायम रहे ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन् । यसअघि समेत परदेशीजस्तो व्यवहार गरिनेमा अहिले भने अदालतकै फैसलामा गलत धारणा र परिभाषाको शिकार बनाउन खोजिएको आन्दोलनकारीको भनाई छ । संविधानको आठौं अनुसूचीको खिलाफ हुनेगरी आएको फैसलाले नेपाली भाषा बोल्ने नागरिकको भावनामाथि अपमान भएको उनीहरुको जिकिर छ । सिक्किमको सरकार चलाइरहेको पार्टी, विपक्षी सबै कार्यकर्ताहरुले अदालती कदमको विरोध गरेका छन् । प्रदर्शनकारीले सर्वोच्च अदालतको व्याख्या सुधार्ने दिशामा तत्काल पहल लिन सिक्किम राज्य सरकारसँग माग समेत गरेका छन् ।

सिक्किममा बसोवास गर्दै आएका पुराना बासिन्दाहरूको समूह (एओएसएस) ले आफूहरूले आयकरमा छुट पाउनुपर्ने विषयमा हालेको रिट निवेदनमा गत जनवरी १३ तारिखमा सुनुवाइ गर्दै भारतको सर्वोच्च अदालतले सिक्किमका नेपालीलाई ‘विदेशी मूलका बासिन्दा र आप्रवासी’ भनेर व्याख्या गरेको थियो । अदालती फैसलापछि विरोध ¥यालीमा विभिन्न राजनीतिक दलका नेता, सामाजिक अभियन्तासहित सर्वसाधारणको ठुलो उपस्थिति रहँदै आएको छ । अदालतले भारतीय मूलका सिक्किमेली आदिवासीले आयकर छुट पाउनुपर्ने निर्णय सुनाएको छ । एओएसएसले यो विषयमा सन् २०१३ मा सर्वाेच्च अदालतमा रिट हालेको थियो । गत जनवरी १३ मा सोही रिटमा सुनुवाइ गर्दै अदालतले एओएसएसका पक्षमा निर्णय सुनाएको थियो । सिक्किमका पुराना बासिन्दाहरूको पक्षमा गरिएको यो निर्णयको स्वागत भएपनि त्यहाँ बस्दै आएका नेपालीलाई विदेशी मूलका भनेर व्याख्या गरिएकोमा त्यसको व्यापक विरोध हुँदै आएको छ । सिक्किममा सोमबारदेखि लगातार विरोध प्रदर्शन भइरहेको हो । सन् १८९१ को जनगणनाअनुसार सिक्किमको जनसंख्या ३० हजार ४५८ थियो । जसमध्ये भुटिया र लेप्चा समुदायको जनसंख्या १० हजार ६५६ र नेपाली समुदायको जनसंख्या १९ हजार ८०२ थियो । सिक्किममा भुटिया, लेप्चा र नेपाली समुदायको बसोवास छ । सिक्किममा हालसम्म भएका ६ मुख्यमन्त्रीमध्ये ५ नेपाली मूलका छन् ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *