विनोद/नरेश- सञ्चारकर्ममार्फत जनताको अपार माया र सद्धभाव पाएर राजनीतिमा उदाएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमा अपरिपक्कताले सिमा नाघेको छ । गृहमन्त्री पद धरापमा परेपछि उनको धैयर्ताले सिमा नाघेको हो । आफुलाई पुनः गृहमन्त्री नबनाए सरकारलाई दिएको समर्थन फिर्ता लिने घोषणा गरेर सामाजिक सञ्जाल चलायमान बनाएका उनले अन्ततः सरकारमै रहने निर्णय गरे । दुई दिनको समय दिएका लामिछानेले अब के गर्लान् भन्ने चासो शुरु भएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने यतिबेला नैतिक संकटमा छन् । मुलकको कार्यकारी प्रधानमन्त्री पछिको जिम्मेवार पद गृहमन्त्रीको जिम्मेवारीमा रहेको भएपनि पद गएपछि भने उनमा नैतिक संकटको सिमा नाघेको हो । नागरिकता विवादले गृहमन्त्रीबाट पदच्यूत भएपछि उनको व्यवहारमा समेत अपरिपक्कता झल्किएको छ । विहिबार सामाजिक संजालमा भद्धा टिप्पणी गरेर सरकारबाट बाहिरिने घुर्की लगाएका उनले अन्ततः २ दिनको समयसिमा दिएर आमनागरिकलाई झुक्काए । तत्कालिन समयमा अमेरिका गएर अमेरिकी नागरिकता समेत लिएका रवि पछि स्वदेश फर्किए र सञ्चारकर्मीका रुपमा नेपाली जनताबिच स्थापित भए । अमेरिकाबाट पुनः नेपाल सरेका रविले अमेरिकी नागरिकता त्यागेको निस्सा नेपाली प्रशासनसमक्ष बुझाएनन् र पुरानै नागरिकताबाट काम चलाए । त्यहि एक सानो कमजोरीले लामिछानेको गृहमन्त्री पद गुम्यो । गृहमन्त्री पद खुस्एिकएपछि लामिछानेको निद समेत हराम भएको छ । जुन कुरा उनको व्यवहारले समेत पुष्टि गर्छ । उनकै पार्टीका नेताहरु समेत रविको अपरिपक्कताको आलोचना गर्छन् ।
रविमा देखिएका अपरिपक्कता
–अमेरिकी नागरिकता परित्याग गरेको निस्सा समयमै प्रशासनलाई नबुझाउनु र त्यहि कमजोरीले गृहमन्त्री पद खुस्किनु ।
–टेलिभिजन कार्यक्रममा बोलेका कुरा पुरा गर्ने ठाउँमा पुग्दा समेत स्टन्टबाजीमा रमाउनु ।
–देशको जिम्मेवार गृहमन्त्री भइसक्दा समेत सामाजिक सञ्जालमा भद्दा टिकाटिप्णी गर्नु ।
–नैतिक रुपमा संकट पर्दा समेत सत्ताको बार्गेनिङ गर्न नछाड्नु ।
–गृहमन्त्रीबाट हटिसक्दाको एक हप्ता समय पुग्दा समेतसरकारी निवास नछाड्नु ।
यतिबेला कतिपयले उनलाई अस्थिर मानकका रुपमा अ¥थ्याएका छन् भने कतिपयले उनलाई अन्य शक्तीले प्रयोगले अपरिपक्कता छोएको बताउने गरेका छन् । यता लामो समय संचारकर्ममा रहेका वरिष्ठ पत्रकार देवप्रकाश त्रिपाठी भने रविले झुटको खेती गरेर नाम कमाएको दावी गर्छन् ।
लामिछाने बारे सामाजिक संजालमा पक्ष र विपक्षमा टिकाटिप्पणी भइरहेका छन् । तत्कालिन समयमा टेलिभिजन कार्यक्रममार्फत कसैको उछितो काड्न नछाडेका लामिछानेलाई आफैमा प्रश्नचिन्ह फर्किएपनि उनले अभिमन्यु नहुने घोषणा त गरे तर उचित जवाफ भने उनी आफैले समेत पहिल्याउन सकेका छैनन् ।
Leave a Reply