‘म सक्छु र म गर्नेछु’  भन्ने नारासहित क्यान्सर दिवस मनाईंदै

 ग्लोबल टिभि      शनिबार, माघ २१, २०७९      0

माघ २१ – ‘म सक्छु र म गर्नेछु’  भन्ने नारासहित क्यान्सर दिवस मनाईंदैछ । क्यान्सर नसर्ने जोखिमयुक्त कडा रोग मानिन्छ । नेपालमा क्यान्सर रोगीका संख्या बढ्दो क्रममै छ । तर अलिकति आफूले आफैँलाई नियन्त्रणमा राख्ने हो भने यो रोग भित्रिन नदिन र समय–समयमा जाँच–उपचार गरेको खण्डमा भित्रिन लागेको रोग पनि निको पार्न सकिन्छ ।

वर्षभरि क्यान्सरबाट मृत्यु हुनेप्रति हार्दिक संवेदना व्यक्त गर्न क्यान्सरबाट हुने मृत्यु कम गर्न शिक्षाप्रद जनचेतना विस्तार निम्ति कार्यक्रम गर्दै आज विश्वभर ‘विश्व क्यान्सर दिवस’ मनाउने गरिन्छ ।

हरेक वर्षको फेव्रुअरी–४ तारिखका दिन, संसारभरि ऐक्यवद्ध रुपमा क्यान्सरसँग लड्न चेतना स्वर भर्ने दिनका रुपमा लिइन्छ । क्यान्सरविरुद्धको जागरण अनि क्यान्सरको उपचारका माध्यमबाट लाखौं मानिसको ज्यान जोगाउन सकिन्छ भने हामीले पनि दिवसमा किन साथ नदिने ?

हामीमध्ये धेरैले अनेकन प्रकारका क्यान्सरको कारणले आफन्त, साथीभाई र छिमेकी गुमाएको हुनुपर्छ ।

सरकारी आँकडाअनुरुप महिलामा पाठेघर र पुरुषमा मुख क्यान्सर बढी मात्रामा हुने गर्छ । मदिरा र चुरोटका कारण क्यान्सर रोगी बढाएको देखिन्छ । त्यसकारण सूर्ती र मदिराजन्य पदार्थबाट अलि टाढा हुने हो भने यो रोग भित्रिन सक्दैन । अनि, स्वस्थ आहार प्रयोग पनि रोग भित्रिन नदिने एउटा अस्त्र हो । तर हामीले प्रयोग गर्ने तरकारी र फलफूल लगायतका खाद्य पदार्थ उत्पादनकै बेला विषादि प्रयोग हुँदा पनि क्यान्सरको दर बढाएको छ । त्यसकारण विषादिमुक्त खाद्य पदार्थमा जोड दिनुपर्छ ।

आज क्यान्सर पीडितका हौसला प्रदान गर्ने र मृत्यु भएकालाई श्रद्धाञ्जली दिने दिन हो । आजको दिन क्यान्सरविरुद्ध फराकिलो क्रियाकलापका माध्यमबाट क्यान्सर रोगका अनेकन रुपबारे जानकारी गराउने र त्यो रोगविरुद्धको जागरण कसरी फैलाउन सकिन्छ भनी विश्वस्तरमै छलफल गरिन्छ ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *