ग्लोबल टिभि
सोमवार, माघ २३, २०७९
0
माघ २३ – सुनसरीको इटहरी उपमहानगरपालिका ९ मा गएराती मोटरसाइकल बिजुलीको पोलमा ठोकिदा २ जना घाइते भएका छन् ।
घाइते हुनेमा चालक धनकुटाको महालक्ष्मी नगरपालिका २ का ३० वर्षीय आदर्श कटुवाल र पछाडी सवार महालक्ष्मी नगरपलिका ९ का २१ वर्षीय आयुस थापा रहेका छन् ।
गम्भीर घाइते भएका चालक कटुवालको विराट नर्सिङ होम विराटनगरमा र सामान्य घाइते भएका थापाको भने एपेक्स अस्पताल इटहरीमा उपचार भइरहेको छ ।
विराटनगरबाट इटहरीतर्फ जाँदै गरेको प्रदेश १-०४-००१ प ६१५७ नम्बरको मोटरसाइकल गएराती साढे ११ बजे अनियन्त्रित भएर बिजुलीको पोलमा ठोकिएको ईलाका प्रहरी कार्यालय इटहरीले जानकारी दिएको छ ।
Post Views: 287
Leave a Reply