विष्णुमती सफाई अभियान सुरु (भिडियो सहित)

 ग्लोबल टिभि      बुधबार, बैशाख १, २०७८      0

नयाँ वर्ष २०७८ को अवसर पारेर आजबाट विष्णुमति नदी सफाई अभियान सुरु गरिएको छ । आज बिहान विष्णुमति नदीको शोभा भगवती क्षेत्रबाट सफाई अभियान आरम्भ गरिएको छ । विष्णुमती नदी उपत्यकाबासीको सभ्यता, धर्म, परम्परा र जीवनपद्धतीसँग जोडिएको भएपनि हाल प्रदुषित अवस्थामा रहेको कारण वातावरण बिग्रदै गइ मानव स्वास्थ्यलाई समेत असर पर्न थालेकाले सफाई अभियान सञ्चालन गर्नुपरेको सांसद जीवनराम श्रेष्ठले बताए ।

विष्णुमती सफाइ हरेक महिनाको अन्तिम शनिबार बिहान ७ बजेदेखि ९ बजेसम्म गरिने उनले जानकारी दिए । विष्णुमती सफाइमा नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी, काठमाडौँ महानगरपालिका, विभिन्न संघसंस्थाहरु र स्थानीयको सहभागिता रहेको रहेको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *