झापाको सडकमा कुखुरा र अण्डा, उचित मूल्य नपाएको किसानको गुनासो

 ग्लोबल टिभि           0

शिशिर चाम्लागाईं

माघ २५  – झापाका किसानले सडकमा कुखुरा र अण्डा फालेर विरोध जनाएका छन् । आफ्ना उत्पादनले उचित मुल्य र बजार पाउनुपर्ने माग गर्दै उनीहरुले बिर्तामोडको मुक्ति चोकमा कुखुरा र अण्डा फालेर विरोध जनाएका हुन् । सरकारले कृषिमा आत्मनिर्भर हुने भन्दै गरेको आग्रह अनुसार आफूहरु कृषि कर्ममाको तर सरकारले नै त्यसको बजारीकरण नगरेकाले बाध्य भएर सडकमा उत्रिनु परेको उनीहरुको गुनासो छ ।

चितवनका किसानले बजार नपाएको भन्दै तरकारी सडकमा पोखेर आन्दोलन गरेको एक हप्ता नबित्दै झापाली कुखुरा कृषकहरु पनि आन्दोलित भनेका छन् । चर्को बैंकको व्याजदर, विचौलिया मोटाउने बजार, महाङ्गो दाना, उत्पादन खर्चमा बृद्धि तथा उत्पादकले पाउने अण्डाको मुल्यमा गिरावटको कारण आँफूहरु पिडित भएको भन्दै सरकार तथा सम्बन्धित पक्षको ध्यानाकर्षण गर्न लेयर कुखुरा उत्पादकहरुले आन्दोलन थालेका हुन ।

सरकारको ध्यान तान्ने उद्देश्यले झापाका व्यवसायिहरुले पूर्वको व्यवसायिक हब बिर्तामोड स्थित पूर्वपश्चिम राजमार्गमा अण्डा तथा लेयर कुखुरा छोडेर आन्दोलनको शुरुवात गरेका छन् । उनिहरुले करिब १८ सय कुखुरा र २ हजार बढी अण्डा बाटोमा फ्यालेर आफ्नो आन्दोलनसुरु गरेको जनाएका छन् । राज्यले आँफूहरुले उत्पादन गरेको अण्डा खरिद गरिदिनुपर्ने उत्पादकहरुको भनाइ रहेको छ ।

बैंकले पुनः कर्जा लगानी गरिदिनु पर्ने, दाना सहुलियतमा उपलब्ध हुनुपर्ने, कुखुरा उत्पादकहरुलाई कर छुट दिनुपर्ने, विद्युत महशुलमा सहुलियत दिनुपर्ने, बजारको व्यवस्थापन र उचित मुल्य निर्धारण गरिनुपर्ने, विचौलियाको अन्त्य गरिनुपर्ने लगायतको मागहरु राख्दै कृषकहरु आन्दोलनमा उत्रिएका थिए । सम्बन्धित पक्ष तथा सरोकारवालाहरुले व्यवसायिहरुको माग सम्बोधन नगरे थप आन्दोलनमा जाने उनिहरुको भनाइ रहेको छ ।

लेयर कुखुरा व्यवसायी तथा अण्डा उत्पादक कृषकहरुले प्रति अण्डा उत्पादनमा १३ रुपैया खर्च लागत हुने तर अण्डाको मुल्य ८ रुपैया प्रतिगोटा हुनेहुदाँ हरेक दिन घाटा सहनुपर्ने बाध्यता उत्पादकहरुमा रहेको छ । हाल झापामा लेयर कुखुरा पाल्ने र अण्डाको उत्पादन गर्ने करिब ४० वटा फर्महरु रहेका छन् । करोडौ रुपैया लगानी भइसकेको कारण यो व्यवसायबाट निस्किने कुनै अवस्था पनि नभएको तथा यहि व्यवसायमा टिकिरहने अवस्था पनि नरहेको कारण साहाराको लागि समेत यो आन्दोलनलाई सरकारले चासोका साथ हेरिदिनुपर्ने उनीहरुको माग छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *