स्लोभाकिया पठाइदिने भन्दै ठगेको आरोपमा १ महिला पक्राउ

 ग्लोबल टिभि      बुधबार, माघ २५, २०७९      0

माघ २५ –   स्लोभाकिया पठाइदिन्छु भन्दै ठगेको आरोपमा एक महिलालाई प्रहरीले पक्रेको छ ।

पक्राउ पर्नेमा लमजुङको मर्स्याङ्दी गाउँपालिका वडा नं. ९ सिम्पानी स्थाई घर भई अहिले काठमाडौंको सुकेधारा बस्ने वर्ष ३९ की मधुमाया थापा छिन् ।

उनले लक्ष्मण शाही समेतलाई वैदेशिक रोजगारीको लागि स्लोभाकिया पठाइदिन्छु, स्लोभाकियामा पुगेपछि प्रतिष्ठित कृषि कम्पनीमा खाना प्याकिङ्को काम लगाईदिन्छु भन्दै ८ लाख ५०हजार रुपैयाँ ठगेको प्रहरीको दाबी छ ।

स्लोभाकियामा मासिक डेढ लाख तलब हुने त्यहाँ जान ९ लाख रुपैयाँ लाग्छ भन्दै उनले पैसा लिएको भन्ने उजुरी परेपछि वैदेशिक रोजगार विभागले काठमाडौं उपत्यका अपराध अनुसन्धान महाशाखामा पक्राउका लागि पत्राचार गरेको थियो ।

उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभागमा बुझाएको महाशाखाका प्रहरी उपरीक्षक  सोमेन्द्र सिंह राठौरले जानकारी दिए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *