नेप्सेमा ७.१३ अंकको गिरावट

 ग्लोबल टिभि      बुधबार, माघ २५, २०७९      0
Frustrated business man looking at the falling graph of a stock market struck in financial crisis

माघ २५ – मंगलबार ७६ अंकको वृद्धि पछि बुधबार सेयर बजार परिसूचक नेप्सेमा एकल अंकको समान्य करेक्सन भएको छ । बुधबार बजार परिसूचक नेप्से ७.१३ अंकले गिरावट भएर २१७०.२१ अंकमा बन्द भएको छ ।

नेप्सेमा करेक्सन भएपनि कारोबार रकम भने बढेर ३ अर्ब ६९ करोड १९ लाख ७३ हजार पुगेको छ । मंगलबार उच्च अंकले बढेको बजाारमा बुधबार नाफा बुक गर्न खोज्ने लगानीकर्ताले बिक्री चाप बढाउँदा नेप्सेमा तीव्र उतारचढाव देखियो भने कारोबार रकम पनि वृद्धि भयो ।

बुधबार नेप्सेसँगै अन्य  सबै उपसूचकमा गिरावट भएको छ । बुधबार नेप्सेमा नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक ११ करोड २८ लाख ६७ हजार रुपैयाँको कारोबार हुँदा अपि पावरको १० करोड २१ लाख ६७ हजार र ङ्यादी ग्रुप पावरको ८ करोड ९५ लाख १३ हजारको कारोबार भएको छ ।

बुधबार कारोबार भएकामध्ये तेह्रथुम पावर कम्पनीको सेयरमूल्य ३।३२ प्रतिशतले वृद्धि हुँदा धौलागिरि लघुवित्तको ३।०८ प्रतिशत र राधि विद्युत कम्पनीको सेयरमूल्य २.५९ प्रतिशतले बढेको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *