योजना आयोगको सदस्यमा राप्रपाको कोटाबाट गीताभक्त जोशी नियुक्त

 ग्लोबल टिभि      बुधबार, माघ २५, २०७९      0

माघ २५– राष्ट्रिय योजना आयोगको सदस्यमा राप्रपाको कोटाबाट प्रा.डा.गीताभक्त जोशी नियुक्त भएका छन् । मन्त्रिपरिषदको पछिल्लो बैठकबाट जोशी सदस्यमा नियुक्त भएका हुन् ।

राप्रपा केन्द्रीय कार्य सम्पादन समितिका सदस्यसमेत रहेका जोशी त्रिभुवन विश्वविद्यालयका अवकाशप्राप्त प्राध्यापक हुन् । यसअघि योजना आयोगको उपाध्यक्षमा माओवादी कोटाबाट मीनबहादुर श्रेष्ठ नियुक्त भएका थिए ।

सदस्यमा माओवादीबाट रामकुमार फुयाँल र एमालेबाट कुशेन्द्र महत, सुशील ज्ञवाली नियुक्त भइसकेका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *