दुर्गन्धित बनेपछि भत्काइएको टुकुचा व्यवस्थापन गर्ने तयारी

 ग्लोबल टिभि      बुधबार, माघ २५, २०७९      0

माघ २५ –काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) नेतृत्वले भत्काएको टुकुचा व्यवस्थापनका लागि तयारी थालिएको छ । जमिनमाथि दुर्गन्धित ढल बग्न नहुने भन्दै महानगरले व्यवस्थापनको तयारी गरेको हो ।

महानगरका पूर्वाधार सल्लाहकार सुनिल लम्सालले खाल्डो खनिएको ठाउँ व्यवस्थापन गर्ने तयारी गरिएको बताए । “टुकुचा उत्खनन गरिएको होइन । खोलाको ट्रयाक खोजिएको हो । अब सो क्षेत्रमा त्यसै ढल बग्न दिनुभएन । त्यसको व्यवस्थापन गर्छौं,” उनले भने ।

गत साउन १२ गते महानगरले ३५ दिने सूचना जारी गर्दै टुकुचा अतिक्रमण गरेर बनाइएका संरचनाहरू हटाउन अल्टिमेटम जारी गरेको थियो । त्यसपछि भदौदेखि टुकुचा खोज्ने काम सुरु गरेको थियो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *