भाषण मार्फत सधैं गर्जने नेपाली कांग्रेसका महामन्त्री गगन थापा अचेल अलि शान्त देखिन थालेका छन । कांग्रेस संसदीय दलको नेतामा पराजित भएपछि उनी मात्र होइन,उनको टिम नै अलि शान्त देखिएको छ । नेपाली मिडियाले निकै रुचाएको र आफना कुरा प्रभावकारी ढंगबाट राख्न सक्ने थापाले त्यतिवेला मात्र मुख खोलेका छन जब पुर्वसञ्चारकर्मी रवि लामिछानेले मिडियामाथि नै प्रश्नको बर्षा गरे ।
रवि लामिछानेले सञ्चार माध्यामलाइ अनेक आक्षेप लगाएपछि थापाले लामछिानेलाइ गगन झैं गर्जिएर होइन,शालिन शैलीमा साधारण प्रश्न गरेका छन । उनले राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा किन गएको र किन समर्थन कायम राखेको भनेर सोधेका छन ।
हुनपनि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेले पुन गृहमन्त्रालय नपाएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको कारणले हो । तर,उनले आक्रोश भने मिडिया माथि पोखे । र,यसमा भटाभट रविले उठाएका सवालको जवाफ मिडिया सञ्चालक र पत्रकारले दिन थालेका छन । तर,धेरै मिडियाकर्मीलाइ आफुहरु माथि प्रश्न उठेपछि मिडियाले नै रुचाएका र एक कालखण्डमा नेता वनाउन सहयोग गरेका युवा नेताहरुले आफुहरुको वचाउ गर्नेछन भन्ने ठानेका थिए । तर,मिडियामा रविले प्रश्नको बर्षा गरेपछि पनि कुनै ठुला नेताले यसमा प्रतिक्रिया दिएनन । यति मात्र होइन कि मिडियाले नै नेता वनाइदिएका नेता समेत वोलेनन । यसैले मिडियाको ठुलो सहयोग पाएका कांग्रेस महामन्त्री थापाले भने मन्द भाषामा मिडियाको वचाउ र रविको विरोध गरेका छन तर उनी किन गर्जिएनन त ?सवाल भने यहि छ । नेपाली मिडिया र राजनीतिकर्मी वुझेका विश्लेषकहरु भने यसमा अनौठो जवाफ दिइरहेका छन ।
त्यसो भए के गगन रविकै पक्षमा छन त ? विहिवार एक कार्यक्रममा थापाले नो नट अगेनको पक्षमा आफुपनि रहेको वताए । उनको यो स्विकारोक्तिले कांग्रेस भित्रकै एउटा तप्का जसले थापा समुहलाइ घण्टी कांग्रेस भनेर रविसंग मिलेको दोष लगाउछ उनीहरुलाइ पुट मिलेको छ ।र,उनको मन्द वोलिले गगनले आफुलाइ सहयोग गर्ने मिडियालाइ सामान्य ढाडस दिएको र रविलाइ पनि अलि भाषा मिलाएर वोल भनेर सन्देश दिएको देखिन्छ ।उनको बोली रवि र मिडिया दुवैलाइ नचिढयाउने खालको यसकारण भएको छ।
Leave a Reply