कर्मचारीको विरोध प्रदर्शनमा प्रहरीको हस्तक्षेप, सिंहदरबारबाट ४ जना पक्राउ

 ग्लोबल टिभि           0

प्रस्तावित संघीय निजामति सेवा ऐनमा राखिएका कतिपय प्रावधानप्रति आपत्ति जनाउँदै निजामति कर्मचारीहरुले गरेका शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ ।
बिहीबार बिहान कार्यालय समय शुरु भएपछि निजामति सेवाको राजपत्र अनंकित प्रथम श्रेणीका कर्मचारी (नायब सुब्बा)सहितले संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालय अगाडि विरोध प्रदर्शन गरेका थिए ।

विरोध प्रदर्शन सकिनै लाग्दा प्रहरीले हस्तक्षप गरेको प्रदर्शनमा सहभागी एक कर्मचारीले बताए । प्रहरीले सिंहदरबार भित्रैबाट ४ जना कर्मचारीलाई समेत नियन्त्रणमा लिएको जनाइएको छ ।

राजपत्र अनंकित कर्मचारी संरक्षण अभियानको अगुवाइमा बिहीबार बिहान निजामति कर्मचारीहरुले सिंहदरबारमा विरोध प्रदर्शन गरेका हुन् । प्रस्तावित संघीय निजामति ऐनमा राखिएका कतिपय प्रावधानले कर्मचारीहरुको वृत्ति विकासमा असर पार्ने भन्दै कर्मचारीहरु विरोध प्रदर्शनमा उत्रिएका हुन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *