ओलीलाई हजुर बा भन्ने दुर्गा प्रसाई पारस र ज्ञानेन्द्र बोकेर मेचीनगर पुलमा(भिडियोसहित)

 ग्लोबल टिभि      सोमवार, फाल्गुन १, २०७९      0

झापाका मेडिकल व्यवसायी तथा एमाले केन्द्रीय सदस्य दुर्गा प्रसाईंले पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वयुवराज पारस शाहलाई मञ्चमा राखेर आफ्नो नयाँ अभियान सुरू गरेका छन् । काँकडभिट्टाको मेची पुलबाट राजपरिवारका अन्य सदस्यहरूको पनि उपस्थितिमा प्रसाईंले नागरिक बचाउ महाअभियान सुरू गरेका हुन्।

सरकारले जनयुद्ध दिवस मनाइरहदा पूवको मेचीनगर पुलमा भने एमाले नेता तथा व्यवसायी दुर्गा प्रसाइले राजतन्त्र र हिन्दुराष्ट्र फर्किउने पतिवद्धता गरे । पूर्व राजा ज्ञानेन्द्र शाह, पूर्व युवराज पारस शाह लगाएत राजपरिवारका सदस्यहरुलाई बोलाएर प्रसाइले यो अभियानको थालनी गरेका हुन् । राष्ट्र, राष्ट्रियता, धर्मसंस्कृति र नागरिक बचाऔं’ महाअभियानका नाममा सुरु गरिएको यो कार्याक्रममा ज्ञानेन्द्र र पारस त सहभागि भए तर उनीहरुले कुनै प्रतिकृया भने दिएनन् । आफै सवारी हाकेर आएका शाहले मन्चमा आसन ग्रहण गर्दै उपस्थित जनतालाई हात हल्लाएर हैसाला त दिए तर मुख भने खोलेनन् र केहि वेरपछि नै मञ्च छाडेर निस्किए । हुन उनले राजनीतिक दलका नेताहरूलाई पनि निम्त्याएका थिए । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आफ्नो निम्तो मान्न आउन उनको अपेक्षा थियो । तर, झापामै भए पनि ओली कार्यक्रममा सहभागी भएनन् भने अन्य नेताहरुले पनि सहभागिता जनाएनन् ।

प्रसाइले आमत्रण गरेका नेताहरु सहभागि नभएपछि कार्यक्रममा वक्ताको केन्द्रमा प्रसाईं नै देखिए र उनले संघीयता खारेजी, वैदिक सनातन राज्य घोषणा तथा व्यवसायीक वातावरणको माग गर्दै यो अभियानलाई देशब्यापी रुपमा लैजाने बताए । मेचीपछि महाकालीमा र त्यसपछि काठमाडौंमा द्वीप बालेर महाअभियान अघि बढाउने उनले बताए ।

माघ २१ गते काठमाडौैंमा कार्यक्रम गरेका उनले पेरिस डाँडामा केन्द्रीय कार्यलय स्थापना गरेका छन् । यो महाअभियानले १ सय १ एक जनाको केन्द्रीय कार्यसमिति समेत बनाएको छ । आफ्नो अभियानले राष्ट्र र राष्ट्रियताको संरक्षण र सबलीकरण गर्ने, सनातन धर्मको संरक्षण र सम्बर्द्धन गर्ने, भ्रष्टाचार नियन्त्रण गर्ने र सुशासन कायम राख्ने, आर्थिक विकृति, विसंगति विरुद्ध हुने उनको ठोकुवा छ । प्रसाई र उनले दिएका अभिब्यक्ति सुन्दा पूर्वराजसंस्थाप्रति सदासयता स्पष्ट झल्किन्छ । एक महिनाभित्र चारपटक पूर्वराजालाई भेट्नुले पनि उनी केही पकाउँदैछन् भन्ने अनुमान लगाउन सकिन्छ । माओवादी अध्यक्ष प्रचण्डसँगै लामो समयसँग निकट रहेका उनी पछिल्लो समय भने एमाले अध्यक्ष ओलीलाई हजुर बा भन्दै एमालेको राजनीति गरेका छन् ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *