सोमबारको घटनाको सबै जिम्मा ल्होत्सेले लिनुपर्छ : यातायात मजदुर

 ग्लोबल टिभि      मङ्लबार, फाल्गुन २, २०७९      0

फागुन २ –   सार्वजनिक यातायातसम्बद्ध तीन मजदुर संगठनले सोमबारको घटनाको जिम्मेवारी ल्होत्से बहुउद्देश्यीय कम्पनीले लिनुपर्ने जनाएका छन् ।

मंगलबार बिहान उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठसँगको वार्ताका क्रममा मजदुर संगठनका पदाधिकारीले ल्होत्सेलाई कारबाही गर्नुपर्ने माग गरेका हुन् ।

ल्होत्से भवनमा लुटपाट गर्ने यातायात मजदुर नभई ल्होत्सेकै ‘गुन्डा’हरू रहेको व्यवसायीको जिकिर छ । व्यवसायीले सोमबारको घटनाबारे निष्पक्ष छानबिन गरी कारबाहीको माग समेत गरेका छन् । सोमबार प्रदर्शनका क्रममा गोंगबु, नयाँ बसपार्क क्षेत्रमा तोडफोड र प्रहरीका गाडीमा आगजनी गरिएको थियो ।

पछिल्लो समय नयाँ बसपार्क र गोँगबु चोकबीचको सडक विस्तार हुने क्रममा छ । सार्वजनिक ठूला बस नयाँ बसपार्कबाट सञ्चालन हुँदै आएका छन् । माइक्रोबस र केही बस नयाँ बसपार्क र गोँगबु चोकबीचको सडकबाट सञ्चालन हुँदै आएका छन् ।

त्यहाँबाट सञ्चालन हुँदै आएका बस र माइक्रोबस नयाँ बसपार्कबाट सञ्चालन गर्नेबारे व्यवसायीसँग छलफल भइरहेको बेलामा केही व्यवसायी र मजदुर सडकबाट बस सञ्चालन गर्न पाउनुपर्ने अडान राखेर आन्दोलनमा उत्रिएका जनाइएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *