ग्लोबल टिभि
आइतवार, कार्तिक २३, २०७७
0
जनकपुरधाम । सम्सी गाउँपालिका वडानम्बर ६ स्थित बजारबाट १४ वर्षीय बालकलाई लागुऔषधसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
महोत्तरी प्रहरीका प्रवक्ता प्रकाश बिष्टका अनुसार पक्राउ पर्ने बालक गौशाला नगरपालिका वडानम्बर १ का हुन् । उनको साथबाट नाइट्रोभेट ट्याब्लेट/ १० लेखिएको ३० थान, स्पास्मो प्रोक्सोभोन प्लस १६ थान र कोरेक्स १०० एमएलको ४ बोतल फेला परेको बिष्टले बताए ।
लागुऔषधसहित पक्राउ परेका बालकविरुद्व लागुऔषध मुद्दामा १० दिनको म्याद थप गरी अन्य अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
Post Views: 1,001
Leave a Reply