यू–१९ राष्ट्रिय क्रिकेट टिमको बिदाइ

 ग्लोबल टिभि      बुधबार, फाल्गुन १०, २०७९      0

फागुन १० –  आईसीसी यू–१९ क्रिकेट विश्वकपको एसिया छनोट खेल्ने नेपाली युवा क्रिकेट टिमलाई बिदाइ गरिएको छ ।  नेपाल क्रिकेट संघ (क्यान) ले बुधबार राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा एक कार्यक्रमकाबीच नेपाली टिमको बिदाइ गरेको हो ।

प्रतियोगिताका लागि क्यानले नेपाली टिमको कप्तानी जिम्मेवारी देव खनाललाई सुम्पिएको छ । त्यसअघि, पोखरामा माघ १७ गते बसेको क्यानको बोर्ड बैठकले गुल्सनलाई यू–१९ टिमको कप्तानी जिम्मेवारी सुम्पिएको थियो । तर, गुल्सन यूएईमै हुने आईसीसी क्रिकेट विश्वकप लिग–२ को शृङ्खलाका लागि सिनियर राष्ट्रिय टिमबाट खेल्ने भएपछि क्यानले देवलाई युवा टिमको कप्तानी जिम्मेवारी दिएको हो । क्यानले गुल्सनको स्थानमा आकाश चन्दलाई यू–१९ टिममा बोलाएको छ ।

युनाइटेड अरब इमिरेट्स (यूएई) मा हुने छनोटमा नेपालसँगै सिङ्गापुर, हङकङ, मलेसिया, कुवेत र यूएई छन् । छनोटको शीर्ष स्थानमा रहने टिमले सन् २०२४ मा हुने यू–१९ एकदिवसीय क्रिकेट विश्वकपमा स्थान बनाउने छ ।

छनोटमा नेपालले शुक्रबार सिङ्गापुरविरुद्ध खेल्ने तालिका छ । शनिबार नेपालले कुवेतसँग, सोमबार हङकङसँग, मंगलबार मलेसियासँग र बिहीबार घरेलु टिम यूएईसँग खेल्ने तालिका छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *