ग्लोवल टि.भी.
बुधबार, फाल्गुन १०, २०७९
0
फागुन १०- चिनिया सहयोगमा बिस्तार हुनलागेको कलंकी-स्वयम्भू-गोंगबु-महाराजगन्ज चक्रपथ सडक खण्डको सम्बन्धित निकायले भोलि बिहान स्थलगत निरीक्षण गर्ने भएका छन्। निर्माण सुरु हुनुअघि निर्माण प्रक्रियाका प्राथमिकताबारे जानकारी लिन स्थलगत निरीक्षण हुन लागेको हो।
निरीक्षणका लागि बिहान नौ बजे नै कलंकीको मकालु पेट्रोल पम्प अगाडि भेला हुने जानकारी गराइएको छ।
उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ, काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ तथा नेपालका लागि चिनिया राजदुत “छन् सङ” लगायत सम्बन्धित निकायका प्रतिनिधि र निर्माण सम्बद्ध प्राविधिज्ञहरूले स्थलगत निरीक्षण गर्ने कार्यक्रम छ।
Post Views: 144
Leave a Reply