जी– २० देशहरूको सम्मेलनमा भाग लिन अर्थमन्त्री पौडेल भारत प्रस्थान

 ग्लोबल टिभि      बिहिबार, फाल्गुन ११, २०७९      0

फाल्गुन ११– उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडल भारत प्रस्थान गरेका छन् । जी२० देशहरूका अर्थमन्त्रीहरुको सम्मेलनमा भाग लिन मन्त्री पौडेल बिहीबार दिउँसो सवा २ बजे नेपाल एयरलायन्सको जहाजबाट भारत प्रस्थान गरेका हुन् ।

उपप्रधान तथा अर्थमन्त्री पौडेलसँगै अर्थमन्त्रालयका अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख श्रीकृष्ण नेपाल पनि भारत गएका छन् । नेपाल जी २० को सदस्य नरहे पनि भारतले अध्यक्षता लिएको बेला सम्मेलनमा भाग लिन नेपाललाई निमन्त्रणा गरेको थियो ।

जी २० देशका अर्थमन्त्रीहरुको सम्मेलन फागुन १२ र १३ गते भारतको बेंङलुरुमा हुँदै छ । सम्मेलनको क्रममा मन्त्री पौडेलले भारत, चीन लगायत विभिन्न देशका समकक्षीहरुसँग छलफल गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जानकारी दिएको छ । मन्त्री पौडेल १३ गते स्वदेश फर्किने छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *