उपराष्ट्रपति जसपालाई दिने सैद्धान्तिक सहमति

 ग्लोबल टिभि      शुक्रबार, फाल्गुन १२, २०७९      0

फागुन १२– राष्ट्रपति पद नेपाली कांग्रेसले पाएसँगै उपराष्ट्रपतिको पद जसपा नेपालले पाउने भएको छ । आठ दलको शुक्रबार साँझ भएको बैठकमा सो पद जसपालाई दिने सैद्धान्तिक सहमति भएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रस्ताव अनुसार संघीय संसद्को ठुलो दल नेपाली कांग्रेसले राष्ट्रपति पद पाउने भएको छ । प्रधानमन्त्री निवासमा भएको बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा नेपाल, राष्ट्रिय जनमोर्चा, नागरिक उन्मुक्ति पार्टी, लोसपा र जनमत पार्टीको सहभागिता रहेको थियो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *