पेस्तोलसहित ३ जना पक्राउ

 ग्लोवल टि.भी.      आइतवार, कार्तिक २३, २०७७      0

काठमाण्डौ । पेस्तोलसहित कञ्चनपुरमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । बेदकोट नगरपालिका–२ बसन्थला बस्ने २२ वर्षीय पारस मणी जोशी, सोही नगरपालिका–१ पिपलथला बस्ने केदार बिष्ट र कृष्णपुर नगरपालिका–५ बस्ने २६ वर्षीय दिपक भट्टलाई १ थान पेस्तोल र म्याग्जीनसहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

बेदकोट नगरपालिका–५ पोलखरी बस्ने ५२ वर्षीय पुष्कर बोहराको घर नजिकै खेतमा जुवातास खेलिरहेको अवस्थामा बुधबार साँझ आएका अपरिचित ७र८ जना व्यक्तिहरुले तास खेलिरहेका व्यक्तिहरुबाट नगद ३ लाख ९५ हजार र ३ थान मोबाइल लुटी फरार भएको घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय र अस्थाई प्रहरी पोष्ट दैजीबाट खटिएको प्रहरीले घटनामा संलग्न उनीहरुलाई उक्त हतियारसहित फेला पारी पक्राउ गरेको बताएको छ ।

उक्त घटनामा प्रयोग भएको से. ६ प २२६३ नम्बरको मोटरसाइकल र २ थान मोबाइल समेत प्रहरीले बरामद गरेको छ । साथै तास खेलिरहेको खेतबाट समेत प्रहरीले १ थान म्याग्जीन र २ राउण्ड गोली फेला पारेको थियो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *