कञ्चनपुरमा भारतबाट अवैध रुपमा ल्याइएको १० लाखको औषधि बरामद

 ग्लोबल टिभि      मङ्लबार, फाल्गुन १६, २०७९      0

फागुन १६ –  कञ्चनपुरमा भारतबाट अवैध रुपमा ल्याइएको १० लाख रुपैयाँ भन्दा बढीको औषधि बरामद गरेको ५ ।

विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको सादा पोशाकको टोलीले भीमदत्त नगरपालिका-३ भासी पुल नजिककै लुकाएको अवस्थामा १० लाख २१ हजार चार सय रुपैयाँ बराबरको औषधी बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश डांगील लुकाई छिपाई राखेको अवस्थामा SEGOPLEX नामक औषधि ८१० पत्ता, BONEVIT एक हजार पत्ता र NEUROMAX एक हजार ८० पत्ता बरामद गरिएको जानकारी दिए ।

बरामद गरिएका औषधी आवश्यक कारवाहीको लागी भन्सार कार्यालय गड्डाचौकीमा बुझाइएको डांगीले बताए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *