फागुन १६ – हलिउड अभिनेता टम क्रुजलाई लाइफटाइम अचिभमेन्टले सम्मान गरिएको छ। हलिउड निर्माताहरूले विश्व प्रतिष्ठित ओस्कार अवार्डअघि अभिनेता क्रुजलाई लाइफटाइम अचिभमेन्ट प्रदान गर्दै मल्टिभर्स एड्भेन्चर फिल्म ‘एभिथ्रिङ एभ्रिवेर अल एट वन्स’लाई शीर्ष पुरस्कार प्रदान गरेका छन्।
हलिउड निर्माताको छाता संस्था प्रोड्युसर्स गिल्ड अफ अमेरिकाले क्रुज स्टारर ब्लकबस्टर फिल्म ‘टप गनः माभेरिक’लार्ई फिल्म व्यवसायलाई बढावा दिएकोमा अभिनेतालाई धन्यवाद दिदै प्यारामाउन्ट पिक्चर्सका पूर्व सीईओ शेरी लान्सिङले भनिन्,’टम क्रुजले हामी सबैलाई फिल्म हेर्ने काम हलमा फिर्ता भएको देखाउनुभयो।’
६० वर्षीय अभिनेता क्रुज ‘रिस्की बिजनेस’, ‘ककटेल’, ‘अ फ्यु गुड मेन’ र अन्य फिल्मको स्टारको रूपमा प्रसिद्धिको शिखरमा पुगेका हुन्। उनले निर्माण गरेका फिल्महरु ‘भ्यानिला स्काई’, ‘द लास्ट समुराई’, ‘मिशनः इम्पोसिबल’ ‘टपगन माभेरिक’ले विश्व बक्स अफिसमा लगभग १.५ बिलियन डलर कमाएका छन्।
फिल्म ‘एभ्रिथिङ एभ्रिवेर’लाई उत्कृष्ट थिएटरिकल मोसन पिक्चरको पुरस्कार दिइएको थियो। यो पुरस्कारसँगै यो फिल्मले आगामी मार्च १२ मा हुने ओस्कार अवार्डमा शीर्ष पुरस्कार पाउने सम्भावना बलियो भएको छ। गत वर्ष मोसन पिक्चर्स गिल्डमा जितेका पाँचमध्ये चार फिल्मले ओस्कारमा उपाधि जितेका थिए जसमा ‘कोडा’ समेत समावेश छ।
‘एभ्रिथिङ एभ्रिवेर’ले एक चिनियाँ-अमेरिकी लुन्ड्रोम्याट मालिकको कथा भन्छ। जब मुख्य पात्र वैकल्पिक ब्रह्माण्डहरूमा डुबेको बेला आफ्नो करको बोझ समाप्त गर्न संघर्ष गरिरहेको हुन्छ।
Leave a Reply