सर्वोच्चमा ५ तथा उच्च र जिल्ला अदालतमा २ वर्षभित्रै मुद्दाको छिनोफानो गर्छाैँ: कामु प्रधानन्यायाधीश कार्की

 ग्लोबल टिभि      बुधबार, फाल्गुन १७, २०७९      0

फागुन १७ –  कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले न्यायलाई ढिलो हुनबाट रोक्नका लागि सर्वोच्च अदालतमा ५ वर्ष भन्दा बढी मुद्दा नराख्नेगरी काम सुरु गरेको बताएका छन्।

मंगलबार कानुन व्यवसायी क्लब काठमाडौं तथा शंकरलाल केडिया फाउण्डेसनको सम्मान तथा पुरस्कार कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन्।

उनले अब सर्वोच्च अदालतमा दर्ता भएका कुनै पनि मुद्दा ५ वर्षभित्रमा टुंग्याइसक्ने गरी काम सुरु गरिएको बताए।

‍कामु प्रधानन्यायाधीश कार्कीले भने, ‘हामीले मास्टर अफ द लको भूमिका निर्वाह गर्ने हो भने संविधान र कानुनी शासनको प्रवर्द्धनको लागि विपक्षीप्रति पनि न्याय गर्नुपर्छ र न्यायलयप्रति पनि न्याय गर्नुपर्छ। यसको अर्थ हामीबाट प्रक्रियामा कुनै पनि किसिमको व्यवधान हाम्रो कारणबाट आउनु हुँदैन। हामीले हाम्रा पक्षहरूलाई न्यायमा ढिलाइ गराउने दिशातर्फ कतै पनि उनीहरूलाई प्रेरित गर्नुहुँदैन। न्यायलाई ढिलाइ हुनबाट रोक्नका लागि जस्टिस डिले जस्टिस डिफिक्स, अथवा जस्टिस डिनाइट भन्ने उक्तिलाई हटाउनका लागि हामीले केही कदमहरू सुरुवात गरेका छौँ। सर्वोच्चमा ५ तथा उच्च र जिल्ला अदालतमा २ वर्षभित्रै मुद्दाको छिनोफानो लाग्ने हिसाबले काम सुरु गरेका छाैँ। ’

उनले न्यायालयको श्रीवृद्धि गराइ निष्पक्ष न्याय सम्पादन गर्नेकुरामा सबै कानुन व्यवसायीहरूले दत्तचित्त भएर लाग्नुपर्ने पनि बताए।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *