वैशाख १ गते पाँचवटा चलचित्र रिलिज हुने

 ग्लोबल टिभि      बिहिबार, फाल्गुन १८, २०७९      0

फागुन १८ –   वैशाख १ गते पाँचवटा नेपाली चलचित्र रिलिज हुने भएका छन् । ‘नाईं नभन्नू ल–६’ रिलिज डेट लिएसँगै वैशाख १ गते पाँचवटा सिनेमा प्रदर्शनमा आउने भएका हुन् ।

वैशाख १ गते ‘नाईं नभन्नू ल–६’ सँगै ‘जारी’, ‘बिहे पास’, ‘बुलाकी’ र ‘प्रसाद–२’ रिलिज हुने भएका हुन् ।

‘नाईं नभन्नू ल–६’मा आशीर्वाद क्षेत्री र आँचल शर्मा मुख्य भूमिकामा छन् । ‘जारी’ र ‘बिहे पास’ दयाहाङ राई मुख्य भूमिकामा रहेका चलचित्र हुन् ।

‘बुलाकी’मा सुरक्षा पन्त मुख्य भूमिकामा छिन् । फिल्म ‘प्रसाद–२’मा विपीन कार्की र केकी अधिकारी प्रमुख पात्र छन् । ‘प्रसाद–२’मा निर्माण घोषणा हुँदा नम्रता श्रेष्ठ रहे पनि पछि उनले छोडे पछि केकी अधिकारीको प्रवेश भएको छ ।

नयाँ वर्षको छेको पारेर एकै दिन पाँच वटा चलचित्र आउन लागेका हुन् ।

बिदाको अवसर पारेर रलिज डेट लिँदा एकै दुई वा सोभन्दा धेरै चलचित्र प्रदर्शनमा आउने गरेका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *