ग्लोबल टिभि
बिहिबार, फाल्गुन १८, २०७९
0
फागुन १८ – आइसिसी यू१९ विश्वकप एसिया छनोटको युएईविरुद्धको खेलमा कप्तान देव खनालको उत्कृष्ट अर्धशतक पुरा गरेका छन्।
युएईविरुद्ध सम्हालेर व्याटिङ गरिरहेका खनालले ७८ बलमा तीन चौका र एक छक्कासहित ५० रन पूरा गरे। देवले चौथो विकेटका लागि उत्तमरंगु थापामगरसँग ८४ रनको साझेदारी गरेका थिए । पाँचौँ नम्बरमा ब्याटिङका लागि आएका उत्तम ४८ बलमा तीन चौका र एक छक्कासहित ३६ रन बनाएर पभेलियन फर्किए ।
यो सँगै खेलमा नेपालले उत्कृष्ट पूनरागमन गरेको छ। यो समाचार तयार पार्दासम्म नेपालले ५ विकेटको क्षतिमा १५२ रन बनाएर ३८ औं ओभर खेलिरहेको छ।
Post Views: 267
Leave a Reply