ग्लोबल टिभि
0
बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं १ का स्थायी बासिन्दा पौडेलको स्कुटर सिक्ने क्रममा आफ्नै घरको पर्खालमा ठोक्किएर मृत्यु भएको हो ।
पर्खालमा ठोक्किएर गम्भीर घाइते भएका उनको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो । नयाँ स्कुटर खरिद गरेर सिक्ने क्रममा घर अगाडीको पर्खालमा ठोक्किएपछि उनलाइ उपचारका लागि रुपन्देहीको मणिग्रामस्थित क्रिमशन अस्पतालमा लैजादै गर्दा बाटोमै मृत्यु भएको आफन्त हरि पौडेलले बताए ।
लामो समयदेखि बुटवल बहुमुखी क्याम्पसमा अध्यापन गराउँदै आएका पौडेलले असोज १ गतेबाट बुटवल बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुखको जिम्मेवारी पाएका थिए । उनी काशी बिश्वविद्यालय बनारसका नेपाली विभागका प्रध्यापक समेत भएका थिए ।
Post Views: 1,044
Leave a Reply