देशका पहाडी भू–भागमा हावाहुरी, मेघगर्जन–चट्टयाङ्ग र असिना सहित वर्षाको संभावना

 ग्लोबल टिभि      मङ्लबार, बैशाख ७, २०७८      0

काठमाडौं । आज साँझपख देशका पहाडी भू–भागमा मेघगर्जन–चट्टयाङ्ग–हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ । अपरान्हपछि देशको पश्चिमी भू–भागमा स्थानीय वायुका साथसाथै पश्चिमी वायुको प्रभाव रहने भएकाले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

अहिले देशको उच्च पहाडी भू-भागहरुमा आंशिक बदली रहेको छ भने बाकी भू-भागको मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

२०७८ बैशाख ७ गते आज (मंगलबार)

दिउँसो : देशको सुदुरपश्चिम प्रदेश, कर्णाली,गण्डकी तथा लुम्बिनि प्रदेशमा आंशिक देखि सामान्य बदली रहि बाँकी भू–भागमा आंशिक बदली रहनेछ। देशको सुदुर पश्चिम तथा कर्णाली प्रदेशका थोरै स्थानहरू र बाकी प्रदेशका पहाडी भू–भागका एक दुई स्थानहरुमा अपरान्ह पछि मेघगर्जन–चट्टयाङ्ग–हावाहुरी–असिना सहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

रातीः देशको सुदुरपश्चिम प्रदेश, कर्णाली तथा गण्डकी प्रदेशका भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ । देशको सुदुर पश्चिम तथा कर्णाली प्रदेशका थोरै स्थानहरू र बाकी प्रदेशका पहाडी भू–भागका एक दुई स्थानहरुमा अपरान्हतिर मेघगर्जन–चट्टयाङ्ग–हावाहुरी–असिना सहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

२०७८ बैशाख ८ गते (बुधबार)

दिउँसो : देशभर आँशिक देखि सामान्य बदली रही सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेशका धेरै र बाँकि प्रदेशहरुका केही स्थानहरुमा मेघगर्जन–चट्टयाङ्ग–हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।देशका धेरै स्थानहरुमा तुवाँलोको सम्भावना छ।

राती : देशभर आँशिक देखि सामान्य बदली रही सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेशका धेरै र बाँकि प्रदेशहरुका केही स्थानहरुमा मेघगर्जन–चट्टयाङ्ग–हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

२०७८ बैशाख ९ गते (बिहिबार)

दिउँसो :  देशभर आँशिक देखि सामान्य बदली रही केही स्थानहरुमा मेघगर्जन–चट्टयाङ्ग–हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना रहेको छ । देशका थोरै स्थानहरुमा तुवाँलोको सम्भावना छ।

राती : देशभर आँशिक देखि सामान्य बदली रही पहाडी भू–भागका थोरै स्थानहरुमा मेघगर्जन–चट्टयाङ्ग–हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *