ग्लोबल टिभि
0
फागुन २१ – धनुषाको गणेशमान चारनाथ नगरपालिका ९ बरमझियामा हिजो मोटरसाईकल दुर्घटना हुदा १ जनाको मृत्यु भएको छ भने १ जना घाईते भएका छन् । दुर्घटनामा मृत्यु हुनेमा मोटरसाईकलमा पछाडी सवार शहिदनगर नगरपालिका ९ कि ४५ वर्षिया कुमारी देवी मण्डल रहेकी छिन् । उनलाई उपचारको लागि अस्पताल पु¥याउना साथ चिकित्सकले मृत घोषणा गरेका थिए ।
मोटरसाईकल चालक निजकै छोरा २८ वर्षिय उदय कुमार मण्डल भने घाईते भएकाले प्रादेशिक अस्पताल जनकपुरमा उपचार भैरहेको छ । हिजो बेलुकी ७ बजे विरेन्द्रबजारबाट बरमझिया तर्फा जादै गरेको प्रदेश २ ०२ ००६ प २६५१ नम्बरको मोटरसाईकल अनियन्त्रित भई सडकमा पल्टिएको प्रहरी चौकी बरमझियाले जानकारी दिएको छ ।
Post Views: 810
Leave a Reply