कांग्रेस सांसद चन्द्र भण्डारीको स्वास्थ्यमा क्रमिक सुधार

 Global Television      सोमवार, फाल्गुन २२, २०७९      0

फागुन २२ – नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीको स्वास्थ्यमा क्रमिक रूपमा सुधार हुँदै गएको छ।  खाना पकाउने ग्यास लिक भई आगलागीबाट गम्भीर घाइते भएका सांसद भण्डारीको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचार भइरहेको छ।

भण्डारीको स्वास्थ्यका सबै प्यारामिटरहरू सामान्य हुँदै गएको चिकित्सकहरूले बताएका छन्। ‘स्वास्थ्यमा सुधार भइरहेको छ,’ अस्पतालमा रहेका सांसद भण्डारीका दाजु मिन भण्डारीले चिकित्सकहरूलाई उद्धृत गर्दै भने।

चिकित्सकहरू र अस्पताल प्रशासनले सांसद भण्डारीलाई भेटघाट गर्न परिवारका सदस्यबाहेक अरूलाई भने दिएका छैनन्।

गत फागुन ३ गते बुद्धनगरस्थित निवासमा ग्यास लिक भई आगलागी हुँदा सांसद भण्डारी र उनकी आमा हरिकला भण्डारी गम्भीर घाइते भएका थिए। हरिकलाको भने उपचारका क्रममा फागुन ४ गते निधन भएको थियो।

सोही दिन सांसद भण्डारीलाई उपचारका लागि मुम्बई लगिएको थियो। सांसद भण्डारीको अनुहार, हात र खुट्टामा धेरै जलन भएको थियो। जलन भएका घाउहरू क्रमिक रूपमा निको हुने क्रममा छन्।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *