पारच्याङमा पहिलो ग्रामीण अस्पताल निर्माण सुरु

 ग्लोबल टिभि      सोमवार, फाल्गुन २२, २०७९      0

फागुन २२ –  दक्षिणी रसुवाको नौकुण्ड गाउँपालिकाअन्तर्गत पारच्याङमा पहिलो ग्रामीण अस्पतालको निर्माण कार्य सुरु भएको छ।

नेपाल सरकारको छ करोड विनियोजित रकममध्ये बोलपत्रको प्रतिस्पर्धाबाट चार करोड १६ लाख रुपैयाँको लगानीमा धुलिखेल निर्माण सेवामार्फत पारच्याङमा साढे दुई तले अस्पताल भवनको निर्माण अघि बढाएको हो। अस्पताल निर्माणको समय  दुई वर्षको छ।

अस्पताल तीन हजार वर्ग फिट क्षेत्रफलमा निर्माण हुनेछ। सहायक निर्माण व्यवसायी नुवाकोट गेर्खुका गोविन्दलाल तामाङले जमिनमा पिलर ठ्याउने र टाइबिम कस्ने काम सम्पन्न भएको बताए।

विसं २०४० अगावै स्वास्थ्यचौकीको नामबाट सञ्चालित पारच्याङ स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरी ग्रामीण अस्पताल निर्माण गर्न लागिएको हो। अस्पताल सञ्चालनमा आएपछि नौकुण्डका करिब १० हजार ग्रामीण बासिन्दाले उपचार पाउने नौकुण्ड गाउँपालिकाले जनाएको छ।

यसबाट सरमथली, पाटीखर्क, दनुस्वारा, यार्सा, गाङ्मर, थाङ्दोर, सिङ्वन्दी, युव्रा, आरूखर्क, फाम्चेत, दारघारी, बासभञ्ज्याङ, मञ्जुचेत, चिलाउने गाउँ, भञ्ज्याङ डाँडा, दुम्रा, लारच्याङ, घिचेत लगायतका बासिन्दा लाभान्वित हुने अधिकृत स्वास्थ्य शाखा प्रमुख अणप्रसाद पौडेलले बताएका छन्।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *