रेड पाण्डाको छाला सहित ६ जना पक्राउ

 ग्लोबल टिभि           0
file photo

काठमाडौँ । ललितपुरको ईमाडोलबाट प्रहरीले दुर्लभ रेड पाण्डाको छाला सहित ६ जनालाई पक्राउ गरेको छ ।

महालक्ष्मी नगरपालिका–४ इमाडोल स्थित दिपक लिम्बुको घरमा रेड पाण्डाको छाला किनबेच गरिरहेको अवस्थामा महानगरीय अपराध महाशाखाको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकका ४३ बर्षिय सुनिल गोले, २४ बर्षिय प्रकाश तामाङ, भोजपुरका ४१ बर्षिय सन बहादुर राई, खोटाङका १७ बर्षिय सोनाम राई, ताप्लेजुङका ३५ बर्षिय दिपक लिम्बु र सिन्धुलीका अम्बर बहादुर तामाङ छन् ।

प्रहरीले उनीहरुको साथबाट ३ फिट ३ इन्च लम्बाई ९ फिट चौंडाई भएको रेड पाण्डाको छाला बरामद गरेको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *