५१३ जना खरिदारका लागि दरखास्त आह्वान (विज्ञापनसहित)

 Global Television      बुधबार, फाल्गुन २४, २०७९      0

फागुन २४ –  लोकसेवा आयोगले खरिदारका लागि दरखास्त माग गरेको छ।

आयोग निजामती सेवाका सेवा समूह, उपसमूहका राजपत्र अनङ्कित द्वितिय श्रेणीका पदहरुमा खुला र समावेशी पदका लागि दरखास्त आह्वान गरेको छ। आयोगको केन्द्रीय कार्यालयले देशभरबाट ५ सय १३ जना खरिदारको माग गरेको हो।

प्रत्येक विज्ञापनका लागि ५ सय  बुझाउनु पर्नेछ भने समावेशी समूह तर्फका थप विज्ञापनमा आवेदन दिने उम्मेदवारले भने थप समूहका लागि १५० तिर्नुपर्ने आयोगले जनाएको छ।

अनलाइनबाट पनि दरखास्त दिन सकिने आयोगले जनाएको छ। दरखास्त चैत १२ सम्म र दोब्बर दस्तुर तिरेर भने चैत २१ सम्म दिन सकिनेछ।

हेर्नुहोस् विज्ञापन  

 

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *