फागुन २४ – ‘मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स’को काठमाडौँ अडिसन चैत्र ४ र ५ गते हुने भएको छ। आयोजक कम्पनीको अनुसार प्राविधिक कारणहरूले गर्दा अडिसन एक हप्ता पछाडि सरेको हो।
अडिसन दिन आउँदा प्रतियोगीहरूले आफ्नो उमेर खुलाएको आधिकारिक कागज लिएर आउनु पर्नेछ। फिल्ड अडिसनबाट चुनिएका प्रतियोगीहरूले काठमाडाैँमा आएर स्टुडियो अडिसनमा सहभागी हुन पाउनेछन्।
साथै विदेशबाट सहभागी हुन चाहनेले माई इन्ट्रा एप डाउनलोड गरेर रजिष्टर गर्न सक्नेछन्। डिजिटल अडिसनमा सहभागी भएका प्रतियोगीहरूले पनि अनिवार्य रूपमा फिल्ड अडिसनमा सहभागी जनाउन पर्नेछ।
त्यस बाहेक ‘मेरो डान्स युनिभर्स’को सांस्कृतिक समूह विधामा सहभागी हुन चाहनेले पनि एपमार्फत् अडिसन दिएर फिल्ड अडिसनमा भने उपस्थित हुनैपर्छ। अडिसन दिने सहभागी कम्तीमा १८ वर्षको हुन पर्नेछ।
आयोजकका अनुसार ‘मेरो भ्वाइस युनिभर्स’का विजेताले नेपाली एक करोड रुपैयाँ पुरस्कार पाउनेछन्। साथै फस्ट रनरअपले ३० लाख रुपैयाँ र सेकेन्ड रनरअपले २० लाख रुपैयाँ पुरस्कार पाउनेछन्।
यस्तै, ‘मेरो डान्स युनिभर्स’को विजेताले पनि एक करोड रुपैयाँ पुरस्कार पाउनेछन् भने फस्ट रनरअपले ३० लाख रुपैयाँ र सेकेन्ड रनरअपले २० लाख रुपैयाँ पुरस्कार पाउनेछन्।
डान्स युनिभर्स’को सांस्कृतिक समूह विधाको विजेताले २० लाख रुपैयाँ पुरस्कार पाउनेछन्। साथै फस्ट रनरअपले १० लाख रुपैयाँ र सेकेन्ड रनरअपले ५ लाख रुपैयाँ पुरस्कार पाउनेछन्।
फाउन्डेसनले नेपाल बाहेक, म्यानमार, थाइल्याण्ड, भुटान, भारत, अष्ट्रेलिया, अमेरिका, क्यानडालगायत युराेपेली देशहरूबाट पनि नेपाली भाषीहरूको बृहत सहभागिताको अपेक्षा राखेको छ।
Leave a Reply