आज रामनवमी, श्रद्धा र भक्तिभावपूर्वक मनाइँदै

 ग्लोबल टिभि      बुधबार, बैशाख ८, २०७८      0

आज रामनवमी पर्व मुलुकभर श्रद्धा र भक्तिभावपूर्वक मनाइदैछ । चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान रामचन्द्रको सम्झनामा यो पर्व मनाउने गरिन्छ । असत्यमाथि सत्यको विजयको प्रतीकका रुपमा पनि रामनवमीलाई लिने गरिन्छ । आज देशभरका राम मन्दिरहरुमा पूजापाठका लागि भक्तजनहरुको घुँइचो लागेको छ । जनकपुरस्थित रामजानकीको मन्दिरमा पनि नेपाल तथा भारतका भक्तजनको घुइँचो छ । रामनवमीका दिन श्रीरामको व्रत, उपवास गरी पूजा, आराधना गर्नाले लोकमा सुख, शान्ति र परलोकमा सद्गति पाइने धार्मिक विश्वास छ ।

त्रेतायुगमा आजकै दिन अयोध्यामा राजा दशरथ र रानी कौशल्यावतीको जेठो पुत्रको रुपमा विष्णुको अवतार लिएर श्रीरामको जन्म भएको धर्मग्रन्थमा उल्लेख छ । रामले मिथिलाका राजा जनककी छोरी सीतासँग विवाह गरेको र दुष्टहरुको संहार गरेको वाल्मिकीय रामायणमा पढ्न पाइन्छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *