‘छक्कापञ्जा ४’ लाई विदेशबाट २ करोड, आजदेखि मध्यपूर्वका ५० हलमा रिलिज

 Global Television      बिहिबार, फाल्गुन २५, २०७९      0

फागुन २५ –  ‘छक्कापञ्जा ४’को विदेश अधिकार दुई करोड रुपैयाँ नेटमा बिक्री भएको छ । निर्माता तथा अभिनेता दीपकराज गिरीले अमेरिका, युरोप, अष्ट्रेलिया, मध्यपूर्वसहित सबैतिरको बिक्री अधिकार जोड्दा उक्त रकम प्राप्त हुने बताए । देश थपिंदा अझै यो रकममा वृद्धि हुने देखिन्छ ।

घरेलु बक्स अफिसमा आक्रामक कमाइ गरिरहेको यो फिल्म आज (शुक्रबार)देखि मध्यपूर्वका चार मुलुक यूएई, कतार, ओमान र बहराइनमा शुक्रबारदेखि रिलिज भएको छ । वितरण कम्पनी नेपफिल्म्सले चार देशका ५० पर्दाबाट फिल्मलाई प्रदर्शन गर्न लागेको हो ।

‘कबड्डी ४’पछि मध्यपूर्वका धेरै हलमा रिलिज हुने फिल्म छक्कापञ्जा ४ रहेको वितरक रमेश ढकालले जानकारी दिए । उनका अनुसार साउदी अरब र कुवेतमा समेत फिल्म रिलिजको तयारी भइरहेको छ । ‘एड्भान्स बुकिङ राम्रो छ । पहिलो साता फिल्मले यी चार मुलुकमा मात्रै एक करोड कमाउने अनुमान छ,’ वितरक ढकालले बताएका छन् । ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *