पीसीआर रिपोर्ट नक्कली भएको आशंका
ग्लोवल टि.भी.
बुधबार, बैशाख ८, २०७८
0

पीसीआर रिपोर्टसहित विभिन्न देश जान लागेका १२२ जनालाई विमानस्थलबाट फर्काइएको छ।
विभिन्न देशमा जान सिनामंगलस्थित सूर्या ल्याबमा पीसीआर रिपोर्ट लिएर गएका यात्रुहरूलाई बुधवार बिहान विमानस्थलबाट फर्काइएको हो ।
ल्याबले नक्कली पीसीआर रिपोर्ट बनाउने गरेको मंगलवार खुलेपछि त्यहाँ परीक्षण गराएकाहरूलाई विमानस्थलमा रोकिएको अध्यागमन विभागले जनाएको छ ।
मंगलबार अपराध महाशाखाको टोलीले छापा मारेर ४ जनाको नक्कली पीसीआर रिपोर्ट फेला परेको थियो । ल्याबले स्वाब नै नलिइकन कोरोना संक्रमण नेगेटिभ भएको रिपोर्ट दिने गरेको प्रहरीको दाबी छ ।
Post Views: 626

Leave a Reply