अमेरिकामा स्नातक तहको भर्ना दर पछिल्लो तीन वर्षमा आठ प्रतिशत कम

 ग्लोबल टिभि      शनिबार, फाल्गुन २७, २०७९      0

फागुन २७ –  संयुक्त राज्य अमेरिकामा लाखौँको सङ्ख्यामा उच्च माध्यमिक विद्यालयका छात्रछात्राहरूले स्नातक तहको पढाइलाई छोड्न थालेका र प्रमाणपत्रको आवश्यकता नपर्ने एक घण्टाको जागिर वा क्यारियरतर्फ मोडिरहेको एनबिसी न्यूजले रिपोर्ट गरेको छ।

‘नेसनल स्टुडेन्ट क्लियरिङ हाउस’को तथ्याङ्कअनुसार सन् २०१९ देखि २०२२ सम्ममा देशभर स्नातक तहको भर्ना दर ८ प्रतिशतले घटेको छ।

अमेरिकी श्रम साङ्खिकी ब्यूरोका अनुसार सन् २०१८ यता कलेज जाने दरमा आएको गिरावट अहिलेसम्मकै सबैभन्दा ठूलो हो। यसले कलेजबाट लिइने डिग्रीको मूल्यमा थोरै विश्वास गर्ने नयाँ पुस्तालाई सङ्केत गर्न सक्ने अर्थशास्त्रीहरूले विश्वास गरेका छन्।

धेरै विद्यार्थीहरू उच्च ट्यूशन र कलेज जाँदा विद्यार्थी ऋणको सम्भावनाबाट विचलित भएका रिपोर्टमा बताइएको छ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *