चीनमा किरा
चीनको राजधानी बेइजिङमा घटेको एउटा घटनाको अनौठो भिडियो सार्वजनिक भएको छ । भिडियोमा पानी, असिना होइन आकाशबाट किराको वर्षा भइरहेको देखिन्छ । आकाशबाट किराको वर्षा भएपछि बेइजिङका बासिन्दाहरु सडकमा छाता ओडेर हिडिरहेका छन् । तर आकाशबाट किरा कसरी झरिरहेको छ त्यसबारे भने केही सार्वजनिक भएको छैन ।
तपाई हामीलाई थाहा भएकै कुरा हो । आकाशबाट पानी असिना पर्छ । कहिलेकाँही चट्याङ् पनि पर्छ । तर भर्खरै मात्रै एउटा अनौठो घटना सार्वजनिक भएको छ । जुन सुनेर र देखेर तपाई अचम्ममा पर्न सक्नुहुन्छ । चीनमा पानी असिना होइन आकाशबाट किराको वर्षा भईरहेको छ । र सो किराको वर्षाबाट बच्न मानिसहरु छाता ओडेर सडकमा हिडिरहेका देखिन्छन् । चीनको राजधानी समेत रहेको बेइजिङ सहरमा यो अनौठो घटना घटेको हो ।
आकाशबाट किराको वर्षा भएको यो भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेकोे छ । अनलाइनहरुमा साझा गरिएका भिडियोहरूका अनुसार यस हप्ता बेइजिङमा कीराको वर्षाले बाढी आएको छ । यस्तो घटनापछि बेइजिङका बासिन्दाहरूलाई छातासहित आफ्नो घर छोड्न स्थानीय सरकारले सिफारिस गरेको थियो । जबकी चिनियाँ अधिकारीहरूले यो अनौठो घटनाको पछाडिको कारण खुलासा गर्न भने सकेको छैन । त्यस्तै आकाशबाट वर्षा भइरहेका किरा कस्तो प्रकारका हुन् भन्ने स्पष्ट भइसकेको छैन । विज्ञहरुले भने कीरा चिनार फूलहरू हुनसक्ने आँकलन गरेका छन् । कतिपयले भने सर्वनाशको सुरुवातको संकेतका रुपमा समेत अर्थ लगाएका छन् । कीरा वर्षाको कारण अझै थाहा छैन तर वैज्ञानिक जर्नल मदर नेचर नेटवर्कले भने ठुलो हावाले बगाएपछि पातलो जीवहरू झरेको हुनसक्ने बताएको छ । एक चिनियाँ पत्रकार शेन शिवेईले उक्त भिडियो नक्कली भएको र बेइजिङ सहरमा हालैको समयमा कुनै पनि वर्षा नभएको दाबी गरेका छन् । उनले आफू बेइजिङमा नै भएको र यो भिडियो मा देखाइएको जस्तो केहि नभएको दाबी गरेका छन् । तर अहिलेसम्म वास्तविकता के हो भनेर पुष्टि भैसकेको छैन् ।
Leave a Reply