द पोएट आइडलमा शुक्रबार ‘वाइल्ड कार्ड’ प्रस्तुति

 ग्लोबल टिभि      सोमवार, फाल्गुन २९, २०७९      0
The poet idol

फागुन २९ – रियालिटी शो द पोएट आइडलमा शुक्रबार वाइल्ड कार्ड प्रस्तुति हुने भएको छ । वाइल्ड कार्डमार्फत शोमा पुनः प्रवेशका लागि सात जना प्रतिस्पर्धीले कविता वाचन गर्नेछन् ।

शोमा अहिले आठ जना प्रतियोगी छन् । उनीहरुमध्ये बिहीबार प्रसारण हुने कार्यक्रमबाट दुई जना बाहिरिनेछन् । त्यसपछि वाइल्ड कार्डमार्फत दुई जना छनोट हुने द पोएट आइडलका निर्देशक अमनप्रताप अधिकारीले जानकारी दिए ।

प्रतिस्पर्धीहरुलाई विषयवस्तु दिइएको छ र कतैबाट नक्कल नहोस् भन्ने पनि ख्याल राखिएको उनले बताए । यसका लागि उनीहरुलाई मोबाइल पनि साथमा राख्न नदिएको उनले जानकारी दिए । त्यसपछि हरेक हप्ता दर्शकको भोटको आधारमा एक-एक जना बाहिरिंदै जानेछन् ।

प्रत्येक बिहीबार र शुक्रबार एपीवान टेलिभिजनबाट प्रसारण भइरहेको शोको निर्णायकमा फिल्म निर्देशक तथा अभिनेता अनुप बराल, साहित्यकार तथा कलाकार उपेन्द्र सुब्बा, अभिनेत्री सुरक्षा पन्त र कवि तथा गीतकार विप्लव प्रतीक छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *