यस्तो छ फिल्म ‘प्रेमा’ को गीत ‘फूल यो चुँडेर’(भिडियोसहित)

 ग्लोबल टिभि      बुधबार, चैत्र १, २०७९      0

चैत्र १– फिल्म ‘प्रेमा’ १७ चैतबाट प्रदर्शनमा आउने फिल्म हो । फिल्मको वियोगान्त भावको गीत ‘फूल यो चुँडेर’ सार्वजनिक गरिएको छ । बुधबार राजधानीमा एक कार्यक्रमका बीच गीत सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा एसडी योगीको स्वर, सबिन एकतारेको शब्द र सुशान्त गौतमको संगीत छ ।

गीतमा फिल्मका तीन मुख्य कलाकार शुभेक्षा खड्का, सृष्टि श्रेष्ठ र अरुण क्षेत्रीको अभिनय छ । गीतमा अरुणले प्रेमको पीडा पोखेका छन् । गीतमा अरुणले गायन रियालिटी शो ‘सुर सितारा’ मा यो गीत गाएर प्रेम पीडा व्यक्त गरेको देखाइएको छ । गीत हेर्दा प्रेमकै कारण प्रमुख तीन पात्रबीच खटपट भएको अनुमान लगाउन सकिन्छ ।

गोविन्दसिंह भण्डारीको लेखन तथा निर्देशन रहेको फिल्म बाघठाटा फिल्म फ्याक्ट्रीको व्यानरमा निर्माण गरिएको हो । काठमाडौँ, धनगढी र कर्णालीमा सुटिङ गरिएको फिल्ममा अरुण, शुभेक्षा र सृष्टिका अलावा विमला केसी, हिउँवाला गौतम, पुरण जोशी, सबिन बास्तोला, रोशनी स्याङबो, प्रकाश बस्नेत, महान थापा, सुरेन्द्र बसेल, भिभियाना थपलिया ‘काजु’ को अभिनय छ ।

निर्देशक भण्डारीका अनुसार फिल्मले त्रिकोणात्मक प्रेमकथा बोल्छ । फिल्म गोविन्दसिंह भण्डारी र विवेक घिमिरेले निर्माण गरेका हुन् । सामर्थविक्रम थापाको कार्यकारी निर्माण रहेको फिल्ममा सुशान्त गौतमको संगीत छ । फिल्मलाई उपत्यकामा जीजीए ग्रुप र उपत्यका बाहिर एफडी कम्पनीले वितरण गर्दैछ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *