पत्रकार ऋषि धमला कोरोना संक्रमित

 ग्लोवल टि.भी.      आइतवार, कार्तिक २३, २०७७      0

काठमाण्डौं ।   रिपोर्टर्स क्लब नेपालका सभापति,चर्चित पत्रकार  ऋषि धमलालाई कोरोना संक्रमण भएको छ । हिजो गरिएको स्वाब परीक्षणमा उनको रिपोर्ट आज पोजेटिभ आएको हो । पत्रकार धमलाका अनुसार उनमा कोरोनाको कुनै लक्षण थिएन । कन्ट्याक ट्रेसिङमा परेको कारणले आफूले हिजो स्वाब परीक्षण गराएको धमलाले जनाए । र, आज रिपोर्ट पोजेटिभ आएको हो । उनी होम–आईसोलेशनमा बसेका छन् । उनले यो बीचमा आफूसँग प्रत्यक्ष सम्पर्कमा आएकाहरुलाई समेत आवश्यक सतर्कता अपनाउनको लागि आग्रह गरेका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *