त्रिवि केन्द्रीय क्याम्पसको स्ववियु चुनावमा भोटिङ मेसिन प्रयोग हुने

 Global Television      शुक्रबार, चैत्र ३, २०७९      0

चैत ३ –  चैत ५ गते हुने स्ववियु निर्वाचनमा त्रिवि केन्द्रीय क्याम्पसमा भोटिङ मेसिन प्रयोग गरिने भएको छ । त्रिवि स्ववियु निर्वाचन अधिकृत डा.अमृत कुमार श्रेष्ठले आइतबार हुने स्ववियु निर्वाचनमा भोटिङ मेसिन प्रयोग हुने जानकारी दिए ।

निर्वाचनमा प्रत्यक्षतर्फ १२ अध्यक्षसहित विभिन्न पदमा ६२ जना र ५० जना समानुपातिकतर्फको उम्मेद्‌वार रहेका छन् । त्रिवि स्ववियु निर्वाचनका अनुसार केन्द्रीय क्याम्पमा ३ हजार ४०२ जना मतदाता विद्यार्थी रहेका छन् ।

२१ सदस्यीय स्ववियु समितिमा प्रत्यक्ष निर्वाचन प्रणालीबाट एक जना अध्यक्ष, एक जना सचिव, एकजना कोषाध्यक्ष र ८ जना सदस्यहरु निर्वाचित हुनेछन् भने समानुपातिक निर्वाचन प्रणालीबाट १० जना उम्मेदवार निर्वाचित हुनेछन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *