ह्याम्सले मनायो विश्व निन्द्रा दिवस

 ग्लोबल टिभि      शुक्रबार, चैत्र ३, २०७९      0

कैलाश/निर्मल- शुक्रबार विश्व निन्द्रा दिवस मनाइएको छ । दिवसका अवसरमा काठमाडौको ह्याम्स हस्पिटलले सचेतना कार्यक्रम गरेको छ । हस्पिटलमा कार्यरत चिकित्सक नर्स र कर्मचारीहरुलाई निन्द्रा सम्बन्धी चेतनामुलक जानकारी दिइएको हो ।

‘स्वास्थ्यका लागि निन्द्रा आवश्यक छ’ भन्ने नाराका साथ शुक्रबार विश्व निन्द्रा दिवस मनाइएको छ । राम्रो स्वास्थ्य कायम राख्न निन्द्राको महत्तवलाई जोड दिदै काठमाडौको ह्याम्स हस्पिटलले दिवसका अबसरमा सचेतना कार्यक्रम गरेको छ ।

विश्व निन्द्रा दिवस हरेक वर्ष मार्च महिनामा मनाइँदै आएको छ । मानव स्वास्थ्यका लागि निन्द्राको आवश्यकता र फाइदाबारे जानकारी दिन यो दिवस मनाउने गरिएको हो । निन्द्रा आरामको प्राकृतिक अवस्था हो । यसले दिमाग र शरीरलाई पुनर्जीवित गर्न मद्दत गर्दछ ।

ह्याम्स हस्पिटलले हरेक दिवसमा रचनात्मक र जनचेतनाका कार्यक्रमहरु गर्दै आएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *