पोर्चुगलका नयाँ प्रशिक्षकले रोनाल्डोलाई बोलाए राष्ट्रिय टिममा

 ग्लोबल टिभि      शनिबार, चैत्र ४, २०७९      0

चैत ४ –  क्रिश्टियानो रोनाल्डोलाई पोर्चुगलको राष्ट्रिय टिममा बोलाईएको छ। युरो २०२४ को छनोट अन्तर्गत यसै महिनामा हुने लिक्टेन्सटाइन र लक्जेम्बर्ग विरुद्धको खेलका लागि उनलाई टिममा बोलाइएको हो।

२०२२ को विश्वकपको खराव प्रदर्शनसँगै ३८ वर्षीय रोनाल्डोको अन्तराष्ट्रिय करिअरका विषयमा अनेकन अनुमानहरु गरिएको थियो। क्वाटरफाइनलमा मोरक्कोसँग पराजित भएपछि रोनाल्डो भावुक हुँदै मैदानबाट बाहिरिएपछि उनी अन्तराष्ट्रिय फुटबलमा नफर्किने आसंकाहरु गरिएका थिए। तत्कालिन प्रशिक्षक फर्नान्डो सान्तोसले रोनाल्डोलाई विश्वकपमा कम विश्वास गरेका थिए। तर उनले पोर्चुगल विश्वकपबाट बाहिरिएसँगै राजीनामा दिएका थिए।

उनको स्थानमा रोवेर्टो मार्टिनेजलाई पोर्चुगल राष्ट्रिय टिमको जिम्मेवारी दिएको थियो। उनले आफ्नो पहिलो रोजाइको टिममा रोनाल्डोलाई बोलाएका हुन्। मार्टिनेजले भने ‘उनी टिमका लागि महत्वपूर्ण खेलाडी हुन। म उनको उमेर हेर्न चाहन्न।’ पोर्चुगलले घरेलु मैदानमा लिक्टेन्सटाइनसँग २३ मार्चमा प्रतिस्पर्धा गर्दा अवे मैदानमा तीन दिनपछि लक्जेम्बर्गको सामना गर्ने छ।

रोनाल्डोले १९६ खेलबाट कीर्तिमानी ११८ अन्तराष्ट्रिय गोल गरेका छन्। रोनाल्डो विवादीत अन्तर्वाताका कारण म्यानचेस्टर युनाईटेड छाड्न बाध्य भएका थिए। त्यसपछि उनी कीर्तिमानी मुल्यमा साउदी क्लब अल नसरमा आवद्ध भएका छन्।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *