हैदरावादमा आगलागी हुँदा ६ जनाको मृत्यु

 ग्लोबल टिभि      शनिबार, चैत्र ४, २०७९      0
file photo

चैत ४ –  दक्षिण भारतीय शहर हैदरावादमा बहु-तले व्यावसायिक भवनमा भीषण आगलागी हुँदा छ जनाको मृत्यु हुनाका साथै अन्य छ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार शहरको सिकन्दराबाद क्षेत्रमा बिहीबार साँझ आगलागी भएको हो । ‘आगलागीमा दुई पुरुष र चार महिला गरी छ जनाको मृत्यु भएको छ,’ एक प्रहरी अधिकारीले भनेका छन्।

त्यस्तै अन्य ६ जनाको अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार घाइते ६ जना मध्ये चार जनाले आगोबाट बच्न कम्प्लेक्सबाट हाम फालेका थिए ।  प्रहरीको प्रारम्भिक अनुसन्धानमा  विद्युत प्रवाहमा समस्या उत्पन्न हुँदा आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *