स्ववियु निर्वाचनको पूर्वसन्ध्यामा त्रिचन्द्रमा प्रहरी र विद्यार्थीबीच झडप

 ग्लोबल टिभि      शनिबार, चैत्र ४, २०७९      0

चैत ४ –  काठमाडौको त्रिचन्द्र क्याम्पस परिसरमा प्रहरी र विद्यार्थीबीच झडप भएको छ।   अनेरास्ववियुले निर्वाचन अधिकृतको कार्यालयमा ताला लगाएपछि  नेपाल विद्यार्थीसंघ नेविसंघका विद्यार्थीले आन्दोलन गरेपछि भिड नियन्त्रण गर्ने क्रममा विद्यार्थी र प्रहरी विच झडप भएको हो।

नेविसंका एक विद्यार्थीका अनुसार मनोनयन पत्र वितरण भई रहेको अवस्थामा निर्वाचन अधिकृतलाई भगाएको र तालाबन्दी गरेको भन्दै आन्दोलन भइरहेको ठाउँमा प्रहरी आएर विद्यार्थीलाई लाठि चार्च गरी केहीलाई घाईत बनाएको बताएका छन्।

विगत १४ वर्षदेखि नियमित हुन नसकेको स्ववियु निर्वाचन  भोलि हुँदैछ । भोलि  देश भरीका क्याम्पसमा विहान ८ बजे देखि दिउँसो ४ बजेसम्म स्ववियु निर्वाचनको मतदान हुँदैछ।निर्वाचन देशभरिका त्रिविमा ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा निर्वाचन हुँदैछ ।

प्रत्येक दुई/दुई वर्षमा हुने निर्वाचन २०६५ सालयता नियमित हुनसकेको छैन । २०६५ साल चैत ६ गतेपछि एकैपटक आठ वर्षमा २०७३ चैत १५ गते स्ववियु निर्वाचन भएको थियो।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *