सरकार विस्तारमा ढिलाई, प्रचण्डले विश्वासको मत नपाएसम्म मन्त्री नथप्ने(भिडियोसहित)

कैलाश कठायत

 Global Television      शनिबार, चैत्र ४, २०७९      0

कैलाश/गणेश– एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा सरकारबाट बाहिरिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल एक्लैले १६ मन्त्रालयको बोकेको १ महिना पुग्दैछ । तर, मन्त्रीपरिषद् बिस्तार गर्ने प्रधानमन्त्री दाहालको सुरसार छैन । बिश्वासको मत पाएपछि मात्र सरकार बिस्तार गर्ने प्रधानमन्त्री दाहालको तयारी छ ।

राष्ट्रपति र उपराष्ट्रपतिको चुनावपछि मात्रै सरकारमा मन्त्री थप्ने अडानमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले सरकार बिस्तारमा ढिलाई गरीरहेका छन् । गत फागुन २५ गते राष्ट्रपतिको चुनाव सम्पन्न भईसकेको छ । शुक्रबार मात्र उपराष्ट्रपतिको समेत चुनाव भईसकेको छ । तर प्रधानमन्त्री दाहालले सरकार बिस्तार गर्ने सुरसार गरेका छैनन् । उनले बिस्वासको मत लिएपछी मात्र सरकार बिस्तार गर्ने तयारी गरीरहेका छन । प्रधानमन्त्री दाहालले आउँदो सोमबार चैत ६ गते बिस्वासका मत लिदै छन । त्यसको ४ दिनपछि अर्थात चैत १० गते सम्म सरकार बिस्तार गर्ने प्रधानमन्त्री दाहालको मनसाय छ ।

कांग्रेसले पनि प्रधानमन्त्री दाहाललाई बिश्वासको मत दिएर मात्रै सरकारमा मन्त्री पठाउने भएको छ । अब हुने मन्त्रीपरिषद् बिस्तारमा १० मन्त्रालय पाउनुपर्ने कांग्रेसको माग छ । त्यसका लागि कांग्रेस कसलाई मन्त्री बनाउने भन्ने विषयमा पार्टी भित्रै छलफल भईरहेको छ । १० मन्त्रालय नपाए कम्तीमा यसअघि एमालेले पाएका मन्त्रालय आफ्नो भागमा पर्नु पर्ने कांग्रेसको अडान छ । कांग्रेस महामन्त्री गगनकुमार थापा प्रधानमन्त्री दाहालले चैत ६ गते बिश्वासको मत लिएपछी सरकार बिस्तार हुने र कांग्रेस पनि सरकारमा सहभागी हुने बताउँछन ।

प्रधानमन्त्री दाहाललाई गठबन्धनका दललाई सन्तुष्ट पार्ने गरी भागबण्डा टुंग्याउन सकस हुने देखिएको छ । सरकारमा सहभागी हुन खोजेका दलहरु उपप्रधानसहित महत्वपूर्ण पदहरुमा दावी गर्दै आएका छन् ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *