फुटबलको मैदानमा क्रिकेटरलाई सम्मान, गज्जबको उत्साह, अचम्मको खुसी(भिडियोसहित)

 ग्लोबल टिभि      शनिबार, चैत्र ४, २०७९      0

कैलाश/वेद– विश्वकपको ग्लोबल छनोटमा पुगेको नेपाली क्रिकेट टोलीलाई दशरथ रंगशालामा सम्मान गरिएको छ । अखिल नेपाल फुटबल संघले ग्लोबल छनोटमा पुगेका नेपाली टोलीका खेलाडीलाई रंगसालामा आमन्त्रण गरेर सम्मान गरेको हो । ए डिभिजन लिग फुटबल चलिरहेका बेला क्रिकेट टोलीलाई सम्मान गर्न काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह पनि रंगशाला पुगेका थिए ।

आइसीसी विश्व क्रिकेट लिग २ मा उत्कृष्ट प्रदर्शन गरेर ग्लोबल छनोटमा पुगेपछी अहिले नेपाली क्रिकेट टोलीको सर्वत्र वाहवाही भईरहेको छ । यहिबिचमा एकदिवसीय विश्वकप खेल्ने सपनाको दैलोमा पुगेको नेपाली क्रिकेट टिम फुटबलको पवित्र थलो दशरथ रंगशालामा सम्मानित भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले सहिद स्मारक ए डिभिजन लिग चलिरहेका बेला दशरथ रंगशालामा क्रिकेट खेलाडीलाई सम्मान गरेको हो । रंगशालामा मनाङ मस्र्याङदी र एपिएफको खेल भईरहेका बेला एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ, काठमाडौं महानगरपालीकाका प्रमुख बालेन शाह, प्रतिनिधिसभा सदस्य प्रदीप पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टीका नेता गणेश कार्कीसहित शसष्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल लगायतका विशिष्ट ब्यक्तीहरुले नेपाली क्रिकेट खेलाडीलाई सम्मान गरेका हुन ।

रंगशालामा उपस्थित दर्शकले समेत राष्ट्रिय क्रिकेट टीमका सदस्यहरुलाई सम्मान गरेका थिए ।

ग्लोबल छनोटमा पुगको क्रिकेट टोलीलाई सरकारले समेत सम्मान गर्दै नगद ३/३ लाख दिने घोषणा गरिसकेको छ । यस्तै नेपाली टिममा सहभागी खेलाडीहरुलाई प्रदेश सरकार र स्थानिय तहले पनि सम्मान गरिरहेका छन । आइसीसी विश्व क्रिकेट लिग २ मा उत्कृष्ट प्रदशन गर्दै तेश्रो स्थानमा रहेर नेपाल ग्लोबल छनोटमा पुगेको हो । ग्लोबल छनोटमा नेपाललाई टेस्ट राष्ट्रसंग खेल्ने अबसर छ । ग्लोबल छनोटमा दक्षिण अफ्रिका, वेष्टइण्डिज, श्रीलंका, जिम्बाबे आयरल्याण्डजस्ता विश्व क्रिकेटका हस्ती देशहरुसंग नेपालले खेल्न पाउने छ ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *