स्ववियु निर्वाचन कतै ईभोटिङ कतै अनिश्चित(भिडियोसहित)

 ग्लोबल टिभि      शनिबार, चैत्र ४, २०७९      0

चैत ४– भोली हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनले यतिवेला त्रिभुवन विश्वविद्यालयय अन्तर्गतका क्याम्पसहरुमा तयारी अन्तिम चरणमा पुगेको छ । ८ बजे देखि साझ ४ वजेसम्म निर्वाचन क्षेत्रभित्र प्रवेश गरिसक्नुपर्नेछ । निर्वाचनको नतिजा सकेसम्म छिटो निकाल्ने तयारीमा रहेको त्रिवि स्ववियु निर्वाचन अनुगमन तथा समन्वय समितिले जनाएको छ ।

त्रिभुवन विश्वविद्यालयसहित मातहतका क्याम्पसमा १४ बर्षपछि धेरैजसो क्याम्पसमा आइतबार स्ववियु निर्वाचन हँुदैछ । यद्यपी विश्वविद्यालका आंगिक र सम्बन्धन प्राप्त सबै क्याम्पसमा निर्वाचन हुन सकेन । विद्यार्थी संगठनभित्रको द्वन्दकारण विश्व विद्यालयको कार्यलतालिका नै प्रभावित भई केहि क्याम्पसमा निर्वाचन रोकिएको छ । ४८ क्याम्पसमा आइबार निर्वाचन हुनेछ । त्रिविले स्ववियु निर्वाचनका लागि १२ वटा क्याम्पसमा निर्वाचन गराउने वातावरणका लागि प्रयास गरिरहेको छ । बाँकी क्याम्पासमा निर्वाचन नहुने देखिएको छ । निर्वाचन गराउन नसक्ने अवस्था भएपछि स्थगित गरिएका केही क्याम्पसमा निर्वाचन मितितोक्न थालिएको छ । त्रिविको कार्यनिर्देशिका अनुसार ३० दिनभित्रै सबै आंगिक क्याम्पसमा निर्वाचन गराई सक्नु पर्ने उल्लेख छ । स्ववियु निर्वाचनले विद्यार्थी आन्दोलनको मर्यादा जोगाउने प्राध्यापक पशुपति अधिकारी बताउँछन् ।

निर्वाचनका लागि आइर्तवार ८ बजे देखि साझ ४ वजेसम्म निर्वाचन क्षेत्रभित्र प्रवेश गरिसक्नु पर्नेछ । आश्यकता अनुसार सुरक्षा व्यवस्था मिलाईएको निर्वाचन समन्वय समितिले बताएको छ । निर्वाचनमा थापाथलि,पुल्चोेक, धरान त्रिविको किर्तीपुर लगाएतका ठाउँमा इभोटिङको व्यवस्था गरिएको छ भने अरु क्याम्पसमा मतपत्रबाट आफुले चाहेको संगठन र उम्मेदवार लाई भोट सकिने छ । विद्यार्थीले समानुपतिक मतदान गर्न नपाएपनि खसेको मतको अनुपात बाट विजयी घोषणा गरिने छ । मतदानको नतिजा सकेसम्म छिटो निकाल्ने तयारीमा भने विश्व विद्यालयहरु छन ।

धेरे समस्याका बावजदु सुरु हुन लागेको स्ववियु निर्वाचन ले विद्यार्थीआन्दोलनको अहम् भुमिका खेल्ने विश्वास विद्यार्थीका देखिन्छ । निर्वाचित संगठन र उम्मेदवारले विद्यार्थीका हक अधिकार र शिक्षाको औचित्य दर्शाउने अप्रेक्षा गर्न सकिन्छ ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *